1येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा यो आउँदछ ।
2उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
3आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।
4यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।
5प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्वास बढाइदिनुहोस् ।”
6प्रभुले भन्नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्नेछ ।
7तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
8मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र ?
9उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ ?
10तिमीले अर्हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
11यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।
12एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।
13र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
14जब उहाँले तिनीहरूलाई देख्नुभयो र भन्नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”
15जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो ।”
16उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।
17येशूले उत्तर दिँदै भन्नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन् ? अरू नौ जना कहाँ गए ?