18परमेश्वरले राजालाई भन्नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्नुहुन्छ, 'तिमीहरू दुष्ट हौ ।'
19परमेश्वरले अगुवाहरूको पक्ष लिनुहुन्न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।
20एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्छन् र बितेर जान्छन् । शक्तिशाली मानिसहरू लगिन्छन्, तर मानवीय हातले होइन ।
21किनकि परमेश्वरको दृष्टि मानिसको चालमा हुन्छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ ।
22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् ।
23किनकि परमेश्वरले व्यक्तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।
24उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्नुहुन्छ ।
25यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्ट हुन्छन् ।
26अरूले देख्नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ,
27किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।
28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्ने तिनीहरूले बनाए । कष्टमा परेका मानिसहरूको रोदन उहाँले सुन्नुभयो ।
29जब उहाँ चुप लाग्नुहुन्छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र ? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्छ भने कसले उहाँलाई भेट्न सक्छ र ? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,
30जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस् ।
31मानौँ, कसैले परमेश्वरलाई भन्छ, 'म निश्चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ ।
32मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।'
33तपाईंको विचारमा, परमेश्वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्दैमा, के परमेश्वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र ? तपाईंले नै चुन्ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्नुहोस् ।
34सुझबुझ भएका मानिसहरूले मलाई भन्नेछन्— वास्तवमा मेरो कुरा सुन्ने हरेक बुद्धिमान् मानिसले भन्नेछ,