Text copied!
CopyCompare
पवित्र बाइबल - अय्यूब

अय्यूब 5

Help us?
Click on verse(s) to share them!
1अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्‍यक्‍ति छ ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ ?
2किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
3मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्‍कासि त्यसको घरलाई सराप दिएँ ।
4त्यसका छोराछोरी बिल्‍कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।
5भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्‍यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्‍नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।
6किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्‍या उम्रन्छ ।
7बरु, मानव-जाति कष्‍टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।
8तर मेरो बारेमा, स्‍वयम् परमेश्‍वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्‍नो गुनासो समर्पित गर्छु—
9महान् अनि अगम्‍य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
10उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।
11नम्रहरूलाई उच्‍च स्‍थानमा राख्‍नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्‍नलाई उहाँले यसो गर्नुहुन्छ ।
12धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ ।
13उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।
14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
15तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।
16त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।
17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।
18किनकि उहाँले चोट पुर्‍याउनुहुन्छ, र पट्टी बाँध्‍नुहुन्छ । उहाँले चोट पुर्‍याउनुहुन्छ र आफ्‍नै हातले निको पार्नुहुन्‍छ ।

19उहाँले तपाईंलाई छवटा कष्‍टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्‍टमा पनि कुनै दुष्‍ट्याइँले तपाईंलाई छुँदैन ।
20अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।
21झूट बोल्‍ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्‍यसबाट डराउनुहुनेछैन ।
22विनाश र अनिकाल देखेर तपाईं हास्‍नुहुनेछ, अनि पृथ्‍वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ ।
23किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।
24तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।
25तपाईंले यो जान्‍नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् ।
26तपाईं आफ्‍नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ ।
27हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्‍तो छ । यसलाई सुन्‍नुहोस् र आफ्‍नै निम्‍ति यसलाई चिन्‍नुहोस् ।”