Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 11

यूहन्‍ना 11:5-16

Help us?
Click on verse(s) to share them!
5येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो ।
6त्यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो ।
7यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”
8चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका थिए र तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ ?”
9येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र ? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ ।
10तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा उज्यालो हुँदैन ।”
11उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”
12यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।”
13अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्‍ने तिनीहरूले सोचे ।
14त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ ।
15म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । तिनीकहाँ जाऔँ ।”
16दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”

Read यूहन्‍ना 11यूहन्‍ना 11
Compare यूहन्‍ना 11:5-16यूहन्‍ना 11:5-16