Text copied!
CopyCompare
पवित्र बाइबल - १ इतिहास

१ इतिहास 8

Help us?
Click on verse(s) to share them!
1बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह,
2नोहा र रफाका थिए ।
3बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
4अबीशू, नामान, अहोह,
5गेरा, शपूपान र हुराम थिएन ।
6एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
7नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए ।
8आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।
9सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,
10यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।
11तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए ।
12एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।
13बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए ।
14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
15जबदियाह, आराद, एदेर,
16मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए ।
17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,
18यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए ।

19शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी,
20एलीएनै, सिल्‍लतै, एलीएल,
21अदायाह, बरायाह र शिम्रात थिए ।
22शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,
23अब्‍दोन, जिक्री, हानान,
24हनन्‍याह, एलाम, अन्‍तोतियाह,
25यिपदिया र पनूएल ।
26यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह,
27यारेश्‍याह, एलिया र जिक्री ।
28यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए ।
29गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो ।
30तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
31गदोर, अहियो, र जेकेर, थिए ।
32यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे ।
33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।
34जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
35मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।
36आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।

37मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
38आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।
39तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए ।
40ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।