Text copied!
CopyCompare
पवित्र बाइबल - १ इतिहास

१ इतिहास 20

Help us?
Click on verse(s) to share them!
1बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्‍बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।
2दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्‍यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू जडिएका थिए । त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो, र तिनले त्‍यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।
3त्‍यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्‍चराहरूका काममा लगाए । दाऊदले अम्‍मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्‍तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के ।
4यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लडाइँ भयो । हूशाती सिब्‍बकैले रपाईहरूका सन्‍तानमध्‍ये एक सिप्‍पैलाई मारे, र पलिश्‍तीहरूलाई अधीन गरियो ।
5पलिश्‍तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्‍हानानले गित्तीको गोल्‍यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो ।
6गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो । त्‍यो पनि रफाको सन्‍तान थियो ।
7जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे ।
8तिनीहरू गातका रफाका सन्‍तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।