Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 26

प्रेरित 26:24-32

Help us?
Click on verse(s) to share them!
24पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
25तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।”
26किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
27राजा अग्रिपास, के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्छ ? म यो कुरा जान्दछु, कि तपाईंले विश्‍वास गर्नुहुन्छ ।”
28अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्छौ ?”
29पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”
30त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।
31तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
32अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”

Read प्रेरित 26प्रेरित 26
Compare प्रेरित 26:24-32प्रेरित 26:24-32