Text copied!
CopyCompare
पवित्र बाइबल - प्रस्थान

प्रस्थान 36

Help us?
Click on verse(s) to share them!
1यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्‍तिले उहाँको आज्ञामुताबिक काम गरून् ।”
2मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।
3पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्‍त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।
4त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए ।
5शिल्पकारहरूले मोशालाई भने, “परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् ।”
6त्यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए । तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे ।
7सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए ।
8त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।
9हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।
10बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे ।
11पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।
12तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए ।
13तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे ।
14पवित्र वासस्थान ढाक्‍ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए ।
15हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।
16तिनले पाँचवटा पर्दा एक-अर्कासित जोडे र बाँकी छवटा पर्दा एक-अर्कासित जोडे ।
17तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए ।
18पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए ।

19तिनले पवित्र वासस्थानलाई ढाक्‍न रातो रङले रङ्ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि राख्‍न मसिनो छालाको अर्को छत बनाए ।
20बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।
21हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।
22फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुईवटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे ।
23तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए । तिनले दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाए ।
24बजलेलले ती बिसवटा फल्याकको मुनिपट्टि राख्‍न चाँदीका चालिसवटा आधार बनाए । फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्तिर दुईवटा आधार थिए, अरू सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार थिए ।
25पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक र तिनको लागि
26चाँदीका चालिसवटा आधार बनाए । पहिलो फल्याकको मुनिपट्टि दुईवटा आधार थिए, अनि अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई-दुईवटा आधार थिए ।
27पवित्र वासस्थानको पछाडि अर्थात् पश्‍चिमपट्टि बजलेलले छवटा फल्याक बनाए ।
28पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुईवटा फल्याक बनाए ।
29ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए ।
30चाँदीका आधारसहित जम्माजम्मी आठवटा फल्याक थिए । जम्माजम्मी सोह्रवटा आधार थिए । एउटा फल्याकको मुनिपट्टि दुईवटा आधार, अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार, एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई-दुईवटा आधार थिए ।
31बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा,
32र अर्कोपट्टिका फल्याकहरूका लागि पाँचवटा अनि पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टिको लागि पाँचवटा बार बनाए ।
33तिनले फल्याकहरूका बिचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्‍ने गरी बनाए ।
34तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे ।
35बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।
36तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।

37तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।
38तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।