Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू - २ राजाहरू 10

२ राजाहरू 10:7-27

Help us?
Click on verse(s) to share them!
7त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।
8एक जना सन्देशवाहक येहूकहाँ यसो भन्‍न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्‍यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्‍नू ।”
9बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे ?
10अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”
11त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।
12तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,
13तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”
14येहूले आफ्ना मानिसहरूलाई भने, “तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्‍ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् ।
15येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे । येहूले तिनलाई अभिवादन गरे र तिनलाई भने, “मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ छ ?” यहोनादाबले जवाफ दिए, “हजुर छ।” येहूले भने, “छ भने मलाई तिम्रो हात देऊ।” त्यसैले तिनले येहूलाई आफ्नो हात दिए, येहूले यहोनादाबलाई आफूसितै रथमा लगे ।
16येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्‍नो रथमा आफूसँगै लगे ।
17जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।
18तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, “आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ ।
19त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।
20येहूले भने, “बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे ।
21तब येहूले सारा इस्राएलभरि समाचार पठाए, र बालका आराधकहरू सबै आए । नआएको मानिस एउटै पनि थिए । तिनीहरू बालको मन्दिरमा आए, र मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो ।
22येहूले पुजारीको वस्‍त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, “बालका सबै आराधकका लागि वस्‍त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्‍त्रहरू ल्याए ।
23रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्‍ने कुरामा निश्‍चित होऊ ।”
24तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने ,“मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने, जसले भगाउँछ, त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”
25तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।
26तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए ।
27त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए र बालको मन्दिरलाई भत्काइदिए, अनि मानिसहरूले त्‍यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन् ।

Read २ राजाहरू 10२ राजाहरू 10
Compare २ राजाहरू 10:7-27२ राजाहरू 10:7-27