Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 21

यहोशू 21:26-44

Help us?
Click on verse(s) to share them!
26तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
27मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्‍तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।
28गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,
29यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए ।
30आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,
31यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।
32नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।
33गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।
34बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह,
35यसको खर्कसहित दिम्‍ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।
36मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,
37यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।
38गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।
39मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए ।
40यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।
41लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।
42यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
43यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।
44त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।

Read यहोशू 21यहोशू 21
Compare यहोशू 21:26-44यहोशू 21:26-44