Text copied!
CopyCompare
पवित्र बाइबल - हबकूक

हबकूक 3

Help us?
Click on verse(s) to share them!
1अगमवक्ता हबकूकको प्रार्थना ।
2परमप्रभु मैले तपाईंको बयान सुनेको छु, र म भयभीत भएको छु । परमप्रभु, यी समयहरूको बिचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् । यी समयहरूको बिचमा ती परिचित बनाउनुहोस् । तपाईंको क्रोधको समयमा कृपा गर्न सम्झनुहोस् ।
3परमेश्‍वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।
4प्रकाशझैँ चम्किलो, दुईवटा किरण उहाँको हातबाट चम्कियो, र उहाँले आफ्नो शक्ति त्यहाँ लुकाउनुहुन्छ ।
5उहाँभन्दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो ।
6उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
7मैले कूशनका पालहरूलाई दु:खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।
8के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो?
9तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्‍नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
11तपाईंका तिरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्द्र तिनीहरूकै उच्‍च स्थानमा अडिरहे ।
12तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।
13तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला
14तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो ।
15तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।
16मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन्, र म भित्र-भित्रै काँप्‍छु ।
17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
18म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्‍वरको कारण म खुशी हुनेछु ।

19परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ । उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्छ । सङ्गीत निर्देशकको निम्ति, मेरा तार- वाद्दहरुमा बजाइने राग ।