Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 10

लुका 10:4-20

Help us?
Click on verse(s) to share them!
4पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर ।
5तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस् ।”
6यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ ।
7तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ । एउटा घरबाट अर्को घरमा नजाओ ।
8तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,
9र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
10तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन,
11“तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
12म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्‍य हुनेछ ।
13खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे ।
14तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ ।
15तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ ? होइन, तँलाई पातालमा ल्याइनेछ ।
16जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
17सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन् ।”
18येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ ।
19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन ।
20तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ ।”

Read लुका 10लुका 10
Compare लुका 10:4-20लुका 10:4-20