Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 1

यूहन्‍ना 1:19-37

Help us?
Click on verse(s) to share them!
19यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो ।
20उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ ।”
21त्‍यसकारण, तिनीहरूले उनलाई भने, “त्‍यसो भए तिमी को हौ त ? के तिमी एलिया हौ ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ ?” उनले जवाफ दिए, “होइनँ ।”
22तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ ? तिमी आफ्नै बारेमा के भन्‍छौ ?”
23उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्‍ताले भने ।”
24ती पठाइएकाहरू फरिसीहरूबाटका थिए ।
25तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ ?”
26अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,
27उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।”
28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।
29अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा !
30मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।
31म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ ।”
32यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।
33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
34मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”
35फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
36तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा !”
37यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।

Read यूहन्‍ना 1यूहन्‍ना 1
Compare यूहन्‍ना 1:19-37यूहन्‍ना 1:19-37