Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती

गन्ती 2

Help us?
Click on verse(s) to share them!
1परमप्रभु फेरि पनि मोशा र हारूनलाई भन्‍नुभयो,
2“हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू ।
3तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् । भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् । अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस् ।
4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
5इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू । सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ ।
6तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।
7जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू । हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ ।
8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
9यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।
10तिनीहरू अग्रस्थानमा हिँड्नेछन् । दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ । रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस् ।
11तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ ।
12शिमियोनले रूबेनपछि छाउनी लगाओस् । शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस् ।
13तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।
14त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् ।
15तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।
16आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् ।
17त्यसपछि सबै छाउनीका बिचमा लेवीहरूसँगै छाउनीबाट भेट हुने पाल जानुपर्छ । तिनीहरू छाउनीबाट गएबमोजिम नै छाउनीमा आउनुपर्छ । हरेक मानिस आफ्नो झन्डामुनि आफ्‍नै स्थानमा हुनुपर्छ ।
18एफ्राइमको छाउनीका दलहरू आफ्‍नै झन्डामुनि हुन्छन् । एफ्राइमको मानिसहरूको अगुवा अम्मीहूदका छोरा एलीशामा होस् ।

19तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ ।
20तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ । मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस् ।
21तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।
22त्यपछि बेन्यामीनको कुल हुनेछ । बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस् ।
23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
24एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् ।
25उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् ।
26तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ ।
27दानको छाउनीपछि आशेरको कुलका मानिसहरू हुनेछन् । आशेरको अगुवा ओक्रानको छोरा पगीएल होस् ।
28तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।
29तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् ।
30दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ ।
31तिनीहरू छाउनीबाट तिनीहरूको झन्डामुनि अन्तिममा जानेछन् ।”
32आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । ,
33तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् ।
34यो परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरिएको थियो । इस्राएलीका मानिसहरूले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा गरे । तिनीहरूले आ-आफ्नो झन्डाअनुसार छाउनी लगाए । तिनीहरू आ-आफ्ना पुर्खाहरूको परिवार-परिवारअनुसार आ-आफ्नो छाउनीबाट निस्कन्थे ।