1“सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । यो तिमीहरूले तुरही फुक्ने दिन हुने छ ।
2तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।
3तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी,
4र हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ ।
5तिमीहरूले आफ्नो प्रायश्चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ ।
6यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्नबलि र यसको अर्घबलिको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।
7सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ ।
8तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।
9तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी,
10र सातवटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ ।
11तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त हुने छ ।
12सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।
13तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले
14तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,
15र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्नबलिको रूपमा चढाउनुपर्छ ।
16तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
17सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
19तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
20सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
21तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
22तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
23सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
24तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
25तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
26सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
27तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
28तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
29सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
30तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
31तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
32सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
33तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
34तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
35आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।
36तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
37तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
38तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।
39यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”
40परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।