Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू - २ राजाहरू 15

२ राजाहरू 15:8-36

Help us?
Click on verse(s) to share them!
8यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियाम बसेर इस्राएलमाथि छ महिना राज्‍य गरे ।
9आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
10याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे । त्यसपछि तिनको ठाउँमा आफू राजा भए ।
11जकरियाका बारेमा भएका अरू सबैकुरा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।
12परमप्रभुले येहूसँग यसो भनेर बोल्‍नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन् ।” त्यस्तै हुन आयो ।
13यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा याबेशका छोरा शल्लूमले राज्‍य गर्न थाले, र तिनले सामरियमा एक महिना मात्र राज्य गरे ।
14गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले । सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे। तिनले उनलाई मारे र उनको ठाउँमा आफू राजा भए ।
15शल्लूमका बारेमा भएका अरू कुरा र तिनले गरेका षड्यन्त्रको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन ।
16त्यसपछि मनहेमले तिफसा र तिर्साका सिमानाहरूमा भएका सबैलाई आक्रमण गरे, किनकि तिनीहरूले उनका लागि सहर खुला गरेनन् । त्यसैले तिनले त्‍यसलाई आक्रमण गरे र त्यस गाउँमा भएका सबै गर्भवती स्‍त्रीका पेट चिरे ।
17यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा गदीका छोरा मनहेमले इस्राएलमा राज्‍य सुरु गरे । तिनले सामरियामा दस वर्ष राज्य गरे ।
18परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
19तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए ।
20अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरदस्ती उठाउन हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्‍यक्‍ता भयो । त्‍यसैले अश्शूरका राजा फर्केर गए र त्यस देशमा बसेनन् ।
21मनहेमको सम्‍बन्‍धमा र तिनले गरेका सबै कामको बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
22यसरी मनहेम आफ्ना पर्खाहरूसित सुते, र तिनका छोरा पकहीया तिनको ठाउँमा राजा भए ।
23यहूदाका राजा अजर्याहको पन्ध्रौँ वर्षमा मनहेमका छोरा पकहीयाले सामरियामा बसेर इस्राएलमा राज्‍य सुरु गरे । तिनले दुई वर्ष राज्य गरे ।
24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् ।
25पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए ।
26पकहीया, तिनले गरेका कामका बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन ।
27यहूदाका राजा अजर्याहको बाउन्‍नौँ वर्षमा रमल्याहका छोरा पेकहले सामरियामा बसेर इस्राएलमाथि राज्‍य सुरु गरे । तिनले बिस वर्ष राज्य गरे ।
28परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।
29इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए, र तिनले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्‍तालीका सबै भूमि लिए । तिनले मानिसहरूलाई बन्‍दी बनाएर अश्शूर देशमा लगे ।
30त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे । तिनले उनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि उज्‍जियाहका छोरा योतामको बिसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए ।
31पेकहका सम्‍बन्‍धमा भएका अरू कुराहरू अनितिनले गरेका सबै कामको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन् ।
32इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्‍य सुरु गरे ।
33तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।
34परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे ।
35तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे ।
36योतामको सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

Read २ राजाहरू 15२ राजाहरू 15
Compare २ राजाहरू 15:8-36२ राजाहरू 15:8-36