6त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।
7यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।
8किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु,‘ त्यसले त्यो गर्छ ।”
9जब येशूले त्यो सुन्नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्वास भेट्टाएको छैन ।”
10तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।
11त्यसको केही समयपछि येशू नाइन भन्ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।
12जब उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।
13तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, “नरोऊ ।”
14तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्नेहरू टक्क अडिए । उहाँले भन्नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
15मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो ।
16तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्ता खडा भएका छन् र परमेश्वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
17येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।
18यूहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
19तब यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ?