33मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् । मैले तिनीहरूलाई सिकाउने कोसिस गरें, तर सुधारलाई स्वीकार गर्न तीमध्ये एक जनाले पनि ध्यान दिएन ।
34मेरो नाउँद्वारा कहलाइने मन्दिरलाई दुषित पार्न तिनीहरूले त्यसमा आफ्ना घिनलाग्दा मूर्तिहरू खडा गरे ।
35मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’
36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ ।
37हेर्, मेरो रिस, क्रोध, गर्जन र ठुलो रिसले मैले तिनीहरूलाई धपाएको हरेको देशबाट मैले तिनीहरूलाई जम्मा गर्नै लागेको छु । तिनीहरूलाई यस ठाउँमा फर्काएर ल्याउन र तिनीहरूलाई सुरक्षितसाथ बस्नलाई मैले तिनीहरूलाई सक्षम पार्नै लागेको छु ।