Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 24

लुका 24:41-46

Help us?
Click on verse(s) to share them!
41तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ ?”
42तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।
43येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
44उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
45तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
46उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।

Read लुका 24लुका 24
Compare लुका 24:41-46लुका 24:41-46