Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 10

लेवीहरू 10:5-13

Help us?
Click on verse(s) to share them!
5यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए र तिनीहरूलाई छाउनीबाट बाहिर लगे ।
6त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।
7तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।
8परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो,
9“तँ र तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू, नत्रता तिमीहरू मर्ने छौ । पवित्र र साधारण, अनि अशुद्ध र शुद्धबिच भेद गराउनको निम्ति,
10तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,
11ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”
12मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।
13तिमीहरूले त्यो पवित्र स्थानमा खाओ, किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो र तेरा छोराहरूको भाग हो, किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको छ ।

Read लेवीहरू 10लेवीहरू 10
Compare लेवीहरू 10:5-13लेवीहरू 10:5-13