Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 11

रोमी 11:32-36

Help us?
Click on verse(s) to share them!
32किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् ।
33ओहो ! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन ! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन् !
34“किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र ? अथवा उहाँको सल्लाहकार को भएको छ र ?
35अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्यसलाई यो फर्काइयोस् ?”
36किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।

Read रोमी 11रोमी 11
Compare रोमी 11:32-36रोमी 11:32-36