Text copied!
CopyCompare
पवित्र बाइबल - यशैया

यशैया 29

Help us?
Click on verse(s) to share them!
1अरीएललाई धिक्‍कार, ए अरीएल, सहर जहाँ दाऊदले छाउनी हाले ! वर्षमाथि वर्ष थप् । चाडहरू फेरो मार्दै आऊन् !
2तर म अरीएललाई घेरा हाल्नेछु, र त्यसले विलाप र शोक गर्नेछ । त्यो मेरो निम्ति बलिको वेदीजस्‍तो हुनेछ ।
3तेरो विरुद्धमा गोलाकार छाउनी म हाल्‍नेछु र तेरो विरुद्धमा पर्खालसहित घेरा म हाल्‍नेछु, र तेरो विरद्ध घेरा-मचानले म घेर्नेछु ।
4तँ जमिनमा ढालिनेछस् र जमिनबाट बोल्‍नेछस् । तँ धूलोबाट मलिन सोरमा बोल्‍नेछस् । तेरो आवाज जमिनबाट बोल्‍ने आत्माजस्तै हुनेछ र धूलोबाट तेरो आवाजले सुस्केर हाल्नेछ ।
5ठुलो सङ्‍ख्‍यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् र असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् । यो तुरुन्तै, एकै क्षणमा नै हुनेछ ।
6सर्वशक्तिमान् परमप्रभु तँकहाँ गर्जन, भूकम्म, ठुलो आवाज, शक्तिशाली हावाहुरी र हिंस्रक आँधी र भष्‍म पार्ने आगोको ज्वालासहित आउनुहुनेछ ।
7यो सपनाजस्तो अर्थात् रातको दर्शनजस्तो हुने छः सबै जातिहरूका हुलले अरीएल र त्यसको किल्ला विरुद्ध लडाइँ गर्नेछन् । त्यसमाथि दावाब पार्न तिनीहरूले त्यसलाई र त्यसका किल्लाहरूलाई आक्रमण गर्नेछन् ।
8यो भोकाएको मानिसले खाइरहेको सपना देखेको, तर त्यो ब्युँझदा त्यसको पेट रित्तो भएजस्तै हुनेछ । यो तिर्खाएको मानिसले पानी पिइरहेको सपना देखेको, तर त्यो ब्युँझदा आफ्नो प्यास नमेटिएर छट्पटाइरहेको जस्तै हुनेछ । हो, सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने धेरै जातिहरूलाई त्यस्तै हुनेछ ।
9आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।
10किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको छ ।
11सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तकजस्तो हुनेछ, जसलाई मानिसहरूले कोही जान्‍ने मानिसलाई “पढिदिनुहोस्” भन्‍दै देलान् । उसले पनि भन्छ, “म पढ्न सक्दिनँ, किनकि यसमा मोहोर लगाइएको छ ।”
12कोही पढ्न नसक्‍नेलाई “यो पढिदिनुहोस्” भन्दै दिंदा, उसले भन्‍छ, “म पढ्न सक्दिनँ ।”
13परमप्रभु भन्‍नुभयो, “यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् र आफ्‍ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।
14यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्‍मका कुरा, आश्‍चर्यमाथि आश्‍चर्य गर्नलाई अघि बढ्‍नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्‍ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।”
15परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार ! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”
16तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ ! के कुमालेलाई माटोजस्तै ठान्‍ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्‍ने, “त्यसले मलाई बुझ्दैन”?
17केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिं जङ्गल हुनेछ ।
18त्यो दिनमा बहिराले वचनको पुस्तक सुन्‍नेछ र अन्‍धाका आँखाले गहन अन्धकारबाट देख्‍नेछ ।

19अत्यचारमा परेकाहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन् र मानिसहरू माझका भएका गरीबहरूले इस्राएलको परमपवित्रमा आनन्द मनाउनेछन् ।
20किनभने निर्दयीहरूको अन्त हुनेछ र गिल्ला गर्नेहरू लप हुनेछन् । दुष्‍ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ,
21जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्‍तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्‍छन् ।
22यसकारण, परमप्रभुले याकूबको घरानाको बारेमा, अब्राहमलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्‍नुहुन्छ, “याकूब कुनै पनि हालतमा लज्‍जित हुनेछैन, न उसको मुहार नै पहेंलो हुनेछ ।
23तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्‍छ, तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् । तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् र तिनीहरू इस्राएलको परमेश्‍वरको भयमा खडा हुनेछन् ।
24ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्‍त गर्नेछन् र गनगन गर्नेहरूले ज्ञान सिक्‍नेछन् ।”