1हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्दित हुन दिनुभएको छैन ।
2हे परमप्रभु मेरो परमेश्वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्नुभएको छ ।
4हे परमप्रभुका विश्वासी मानिसहरू हो, उहाँको स्तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
5किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
6दृढतामा मैले भनें , “म कदापि डग्नेछैन ।”
7हे परमप्रभु, आफ्नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्ट पर्यो ।
8हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।