Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह

भजनसंग्रह 114

Help us?
Click on verse(s) to share them!
1जब इस्राएलले मिश्रदेश छोड्‍यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो,
2तब यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्‍यो ।
3समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो ।
4पहाडहरू पाठाहरूझैं उफ्रे, डाँडहरू थुमाहरूझैं उफ्रे ।
5ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
6ए पहाड, तँ किन पाठाहरूझैं उफ्रिस्? ए साना डाँडाहरू, तिमीहरू किन थुमाहरूझैं उफ्र्यौ?
7ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्‍वरको उपस्थितिमा सामु थरथर हो ।
8उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्‍लिनुभयो ।