Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह

भजनसंग्रह 130

Help us?
Click on verse(s) to share them!
1हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।
2हे परमप्रभु, मेरो सोर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् ।
3हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
4तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्‍छ ।
5म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आसा गर्छु ।
6रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।
7ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।
8इस्राएललाई त्यसका सबै पापहरूबाट उद्धार गर्नुहुने उहाँ नै हुनुहुन्छ ।