Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह

भजनसंग्रह 127

Help us?
Click on verse(s) to share them!
1परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
2बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्‍छ, किनकि परमप्रभुका प्रियजन सुत्‍दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।
3हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
4योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन् ।
5त्यो मानिस धन्यको हो,जसको ठोक्रो काँडहरूले भरिएको छ । त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्‍जित हुनेछैन ।