Text copied!
CopyCompare
पवित्र बाइबल - १ कोरिन्थी

१ कोरिन्थी 13

Help us?
Click on verse(s) to share them!
1मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु ।
2मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
3र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन ।
4प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन ।
5वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ ।
6प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ ।
7प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ ।
8प्रेमको कहिलै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन् । भाषाहरू बन्द हुनेछन् । अनि ज्ञान बितेर जानेछ ।
9किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ ।
10तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।
11जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।
12किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
13तर अब यी तिनवटा कुरा रहन्छन्: विश्‍वास, भविष्‍‍यको निश्‍चयता र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।