Text copied!
CopyCompare
पवित्र बाइबल - १ कोरिन्थी

१ कोरिन्थी 16

Help us?
Click on verse(s) to share them!
1अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
2हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
3र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।
4र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
5तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
6सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।
7किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।
8तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु ।
9किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् ।
10तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन् ।
11कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
12अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् ।
13सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
14तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
15स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि
16त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
17स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए ।
18किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर ।

19एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
20सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
21म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
22यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
23हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
24ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।