22म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”
23येशूले तिनलाई भन्नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”
24मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” ।
25येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।