Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 22

१ राजाहरू 22:31-40

Help us?
Click on verse(s) to share them!
31अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू । बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।”
32जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।
33तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के ।
34तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।”
35त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे । साँझमा तिनी मरे । तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो ।
36तब सूर्य अस्ताउँदै गर्दा सेनाका बिचमा एउटा यस्तो आवाज फैलियो, “हरेक मानिस आ-आफ्नो सहरमा फर्केर जाओस्, र हरेक मानिस आ-आफ्नो बस्तीमा फर्केर जाओस् ।”
37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।
38तिनीहरूले रथलाई सामरियाको तलाउमा धोए, र परमप्रभुको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे (यहीँ नै वेश्याहरू नुहाउने गर्थे) ।
39के आहाबले गरेका अरू कार्यहरू, तिनले बनाएको हस्ती-हाडको महलसाथै सबै सहरहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
40यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।

Read १ राजाहरू 22१ राजाहरू 22
Compare १ राजाहरू 22:31-40१ राजाहरू 22:31-40