Text copied!
CopyCompare
पवित्र बाइबल - होशे

होशे 2

Help us?
Click on verse(s) to share them!
1आफ्‍ना दाजुभाइलाई ‘मेरा मानिसहरू’ र आफ्ना दिदीबहिनीलाई ‘तिमीहरूलाई कृपा गरिएको छ’ भन ।”
2आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् ।
3होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।
4त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्‍यागमनका सन्‍तान हुन् ।
5किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
6यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।
7त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”
8किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे ।
9यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
10तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।
11त्यसका सबै उत्‍सवहरू, त्‍यसका भोजहरू, त्‍यसका औँसीका उत्‍सवहरू, त्‍यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्‍त गरिदिनेछु ।
12“म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्‍थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्‍याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।
13बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”
14यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्‍नेछु ।
15त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।
16“यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्‍तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्‍नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्‍नेछैनस् ।
17किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”
18“त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु ।

19सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्‍वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।
20विश्‍वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्‍पनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस् ।
21त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्‍डललाई जवाफ दिनेछु, र तिनले पृथ्‍वीलाई जवाफ दिनेछन् ।
22पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।
23आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्‍मीलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्‍नेछन्, ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ ।’”