Text copied!
CopyCompare
पवित्र बाइबल - मर्कूस - मर्कूस 5

मर्कूस 5:9-27

Help us?
Click on verse(s) to share them!
9उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो ?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
10त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।
11त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
12अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस् ।”
13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
14अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
15तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
16भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
17अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
18जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।
19तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्‍नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
20त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।
21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
22यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
23उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून् ।”
24त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
25त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
26तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो ।
27तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।

Read मर्कूस 5मर्कूस 5
Compare मर्कूस 5:9-27मर्कूस 5:9-27