9आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् ।
10यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्त पानी बगाइन्छ ।
11तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ? के सर्वोच्चसँग ज्ञान छ र?”
12हेर्नुहोस्ः यी मानिसहरू दुष्टहरू हुन् । तिनीहरू निश्चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।
13निश्चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु ।
14किनकि म दिनभरि कष्टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु ।
15“म यी कुराहरू भन्नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।
16मैले यी कुराहरू बुझ्ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो ।
17तब म परमेश्वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्तिम अवस्थालाई बुझें ।
18निश्चय नै तपाईंले तिनीहरूलाई चिप्लो ठाउँहरूमा राख्नुहुन्छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्छ ।
19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने! तिनीहरूको अन्त भयो र भयानक त्रासहरूले समाप्त पारिए ।
20कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्छन् । हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्न ।
21किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।
22म मूर्ख थिएँ र अन्तरदृष्टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।
23तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्नुहुन्छ ।
24तपाईंले मलाई आफ्नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।
25स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्वीमा मैले इच्छा गर्ने तपाईंबाहेक अरू कोही छैन ।
26मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ ।
27तपाईंदेखि टाढा हुनेहरू नष्ट हुनेछन् । तपाईंप्रति विश्वासयोग्य नहुनेहरूलाई तपाईंले नष्ट पार्नुहुनेछ ।
28तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्वरको नजिक जाने हो । परमप्रभु परमेश्वरलाई मैले आफ्नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।