1हे मेरा धार्मिकताका परमेश्वर, मैले पुकारा गर्दा मलाइ जवाफ दिनुहोस् । म घेरामा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस् ।
2ए मानिसहरू, मेरो इज्जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला
3तर धर्मीहरूलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुहुन्छ भनी जान । मैले परमप्रभुलाई पुकारा गर्दा उहाँले सुन्नुहुनेछ ।
4डरले काम, तर पाप नगर । आफ्नो ओछ्यानमा आफ्नो मनमा ध्यान गर र शान्त होओ । सेला
5धार्मिकताका बलिदानहरू चढाओ र आफ्नो भरोसा परमप्रभुमा राख ।
6धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।