Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 22

गन्ती 22:36-41

Help us?
Click on verse(s) to share them!
36जब बालाम आएका थिए भन्‍ने बालाकले सुने, उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए, जुन सिमाना पर्छ ।
37बालाकले बालामलाई भने, “के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ र ? तपाईं मकहाँ किन आउनुभएन ? के म तपाईंलाई आदर गर्न सक्षम छैन र ?”
38त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु । के मसँग कुनै कुरा भन्‍ने शक्ति छ र? मैले त परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्‍न सक्छु ।”
39बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे ।
40त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए ।
41बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे । त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे ।

Read गन्ती 22गन्ती 22
Compare गन्ती 22:36-41गन्ती 22:36-41