Text copied!
CopyCompare
पवित्र बाइबल - २ राजाहरू - २ राजाहरू 14

२ राजाहरू 14:10-26

Help us?
Click on verse(s) to share them!
10तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने ?”
11तर अमस्याहले यो कुरा सुनेनन् । त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे ।
12इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस घर भाग्‍यो ।
13बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते । तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
14तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र राजदरबारका मुल्यवान् थोकहरूका साथमा केही बन्दीहरूलाई समेत लगे र सामरिया फर्के ।
15यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
16तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।
17इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे ।
18अमस्याहका विषयमाभएका अन्‍य कुराहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
19तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे । तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे ।
20तिनीहरूको तिनको लाशलाई घोडाहरूमा राखेर ल्‍याए र दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसितै गाडिए ।
21यहूदाका सारा मानिसले सोह्र वर्षका अजर्याहलाई लिए र तिनलाई आफ्‍ना पिता अमस्याहको ठाउँमा राजा बनाए ।
22राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे र त्‍यसलाई यहूदामा फिर्ता दिए ।
23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।
24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।
25इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्ना सेवक गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा बोल्‍नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमानालाई तिनले पुनर्स्थापित गरे ।
26किनकि फुक्‍का र स्वतन्त्र हरेक इस्राएलीले कष्‍ट भोगिरहेको परमप्रभुले देख्‍नुभयो, र इस्राएलको लागि कुनै उद्धारक थिएन ।

Read २ राजाहरू 14२ राजाहरू 14
Compare २ राजाहरू 14:10-26२ राजाहरू 14:10-26