Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 11

लुका 11:4-43

Help us?
Click on verse(s) to share them!
4हाम्रा पापहरू क्षमा गर्नुहोस, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’
5येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्‍नेछ ‘हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस् ।
6मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’
7त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’
8म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ ।
9म तिमीलाई भन्दछु, “माग, र तिमीलाई यो दिइनेछ; खोज, र तिमीले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिम्रो लागि यो उघारिनेछ ।
10माग्‍ने हरेकले यो पाउनेछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्‍तिका लागि उघारिनेछ ।
11तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला र ?
12अथवा उसले अन्डा माग्दा, तिमीले बिच्छी दिन्छौ र ?
13त्यसैकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन र ?”
14त्यसपछि, येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्‍क पर्‍यो ।
15त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, “शैतानहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो ।”
16तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो ।
17तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो र भन्‍नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा हुनेछ ।
18यदि शैतानहरू एक आपसमा विभाजित हुन्छन् भने, कसरी तिनीहरूको राज्य रहन सक्दछ ? तिमीहरूले भन्छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु ।
19यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त ? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् ।
20तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
21जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने, त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन् ।
22तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछन् र मानिसका धन सम्पत्तिहरू लुट्ने छन् ।
23मसगँ नहुने, मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपस्ट पार्छ ।
24जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ । त्यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु ।
25फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो ।
26त्यसपछि, ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्‍नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ ।
27उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्‍त्रीले भिडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन् ।”
28तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्‍वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।”
29जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्‍नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन ।
30जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ ।
31दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्‍न आएकी थिइन् र हेर, सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ ।
32निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ ।
33कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्‍जालो होस् ।
34तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्‍नेछ ।
35त्यसैकारण, होसियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् ।
36यदि त्यसो भए, तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमकजस्तै तिमीमा चम्कोस् ।
37उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो ।
38खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे ।
39तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।
40हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र ?
41तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।
42धिक्‍कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना, सुप र जडीबुटीको दशांश त दिन्छौ, तर परमेश्‍वरको प्रेम र धार्मिकतालाई बेवास्ता गर्छौ । तर तिमीहरूले परमेश्‍वरको प्रेम र धार्मिकताबमोजिम काम गर्नुपर्ने हो । यी काम गर्न असफल नहोओ ।
43धिक्‍कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्‍ने मानिसहरूलाई सहरहरूमा आदर र इज्‍जत गर्दछौ ।

Read लुका 11लुका 11
Compare लुका 11:4-43लुका 11:4-43