Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 7

रोमी 7:8-14

Help us?
Click on verse(s) to share them!
8तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।
9एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।
10जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो ।
11किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । नियमहरूद्वारा यसले मलाई मार्‍यो ।
12त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।
13त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो ? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस् ।
14हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।

Read रोमी 7रोमी 7
Compare रोमी 7:8-14रोमी 7:8-14