3त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्ट गर्नुभयो । सेला
4पर्वतहरूमाथि तपाईंले आफ्ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्किनुहुन्छ र आफ्नो माहिमा प्रकट गर्नुहुन्छ ।
5साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।
6हे याकूबको परमेश्वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे ।
7तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?
8स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो । पृथ्वी भयभीत र चूपचाप थियो ।