1सर्वशक्तिमान्, परमप्रभु परमेश्वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
2सुन्दरताको सिद्धता सियोनबाट परमेश्वर प्रज्वलित हुनुभएको छ ।
3हाम्रो परमेश्वर आउनुहुन्छ र चूपचाप रहनुहुन्न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्ड आँधी छ ।
4उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्नुहुन्छ ।
5“मेरा वोश्वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”
6आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला
7“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्वर, तेरो परमेश्वर हुँ ।
8तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।
9तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।
10किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् ।
11पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।
12म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।
13के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?
14परमेश्वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्चमा आफ्नो भाकल पुरा गर ।
15कष्टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”