1परमेश्वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्तै पाउन सकिने मदत हुनुहुन्छ ।
2यसकारण, पृथ्वी बद्लिए पनि, पर्वतहरू हल्लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।
3त्यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि । सेला
4एउटा नदी छ जसका प्रावाहहरूले परमेश्वरको सहर अर्थात्, सर्वोच्चले वास गर्नुहुने एउटा पवित्र ठाउँलाई हर्षित तुल्याउँछ ।
5परमेश्वर त्यसको बिचमा हुनुहुन्छ । त्यो डग्नेछैन । परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्यसो गर्नुहुनेछ ।