3परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ ?
4त्यो जसका हातहरू शुद्ध छन् र हृदय शुद्ध छ । जसले झुटलाई उचालेको छैन र छल गर्नलाई सपथ खाएको छैन ।
5त्यसले परमप्रभुबाट आशिष् र त्यसको उद्धारको परमेश्वरबाट धार्मिकता प्राप्त गर्नेछ ।
6उहाँको खोजी गर्नेहरूका पुस्ता, याकूबका परमेश्वरको मुहार खोज्नेहरू यस्तै हुन्छन् । सेला
7ए मूल ढोकाहरू हो, आफ्ना शिर उठाओ । ए अनन्त ढोकाहरू हो, उच्च होओ, ताकि महिमाका राजा भित्र आऊन् ।
8महिमाको यो राजा को हुनुहुन्छ? परमप्रभु, बलियो र शक्तिशाली । परमप्रभु, युद्धमा शक्तिशाली ।
9ए मूल ढोकाहरू हो, आफ्ना शिर उठाओ । हे अनन्त ढोकाहरू हो, उच्च होओ, ताकि महिमाका राजा भित्र आऊन् ।
10महिमाको यो राजा को हुनुहुन्छ ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाको राजा हुनुहुन्छ । सेला