Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 17

लुका 17:4-8

Help us?
Click on verse(s) to share them!
4यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।
5प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।”
6प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ ।
7तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
8मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र ?

Read लुका 17लुका 17
Compare लुका 17:4-8लुका 17:4-8