Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 97

भजनसंग्रह 97:3-12

Help us?
Click on verse(s) to share them!
3आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।
4उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ । पृथ्वीले देख्‍छ र थरथर काम्छ ।
5परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
6आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
7कुँदेका आकृतिहरू पुज्‍नेहरू, व्‍यर्थका मूर्तिहरूमा घमण्‍ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्‍टो पर!
8हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।
9हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्‍च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्‍च हुनुहुन्छ ।
10तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्‍टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
11धार्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।
12ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।

Read भजनसंग्रह 97भजनसंग्रह 97
Compare भजनसंग्रह 97:3-12भजनसंग्रह 97:3-12