Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 94

भजनसंग्रह 94:1-11

Help us?
Click on verse(s) to share them!
1हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्‍किनुहोस् ।
2हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्‍डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् ।
3हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्?
4तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
5हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् ।
6तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् ।
7तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।”
8ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ?
9उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र?
10उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ ।
11परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।

Read भजनसंग्रह 94भजनसंग्रह 94
Compare भजनसंग्रह 94:1-11भजनसंग्रह 94:1-11