Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 7

भजनसंग्रह 7:1-11

Help us?
Click on verse(s) to share them!
1हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्‍ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।
2नत्र तिनीहरूले मलाई सिंहले झैं टुक्रा-टुक्रा पार्नेछन्, मलाई सुरक्षा दिने कोही नहुँदा मलाई च्‍यातेर टुक्रा गर्नेछन् ।
3हे परमप्रभु मेरो परमेश्‍वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
4मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्‍ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्‍नुहोस् ।
5तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला
6हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्
7देशहरू तपाईंको वरिपरि भेला हुन्‍छन् । तिनीहरूमाथि फेरि पनि आफ्‍नो उचित स्थान लिनुहोस् ।
8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु ।
9दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
10मेरो ढाल परमेश्‍वरबाट आउँछ, जसले सोझो हृदय हुनेलाई बचाउनुहुन्छ ।
11परमेश्‍वर धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्‍वर जो हरेक दिन क्रोधित हुनुहुन्छ ।

Read भजनसंग्रह 7भजनसंग्रह 7
Compare भजनसंग्रह 7:1-11भजनसंग्रह 7:1-11