3तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्वरको सामु ज्यादै खुसी होऊन् । तिनीहरू आनन्दित होऊन् र खुसी होऊन् ।
4परमेश्वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्दित होओ ।
5अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्वर नै हुनुहुन्छ ।
6एक्लो व्यक्तिलाई परमेश्वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।