5परमेश्वर त्यसको बिचमा हुनुहुन्छ । त्यो डग्नेछैन । परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ र उहाँले बिहानको झिसमिसेमा त्यसो गर्नुहुनेछ ।
6जातिहरू क्रुद्ध भए र राज्यहरू हल्लिए । उहाँले आफ्नो सोर उचाल्नुभयो र पृथ्वी पग्लियो ।
7सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
8आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर ।
9उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्नुहुन्छ र भालाहरू काट्नुहुन्छ । उहाँले ढालहरूलाई जलाउनुहुन्छ ।