3हे सर्वशक्तिमान्, आफ्नो महिमा र ऐश्वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।
4विश्वस्तता, नम्रता र धार्मिकताको कारणले आफ्नो ऐश्वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्दा कुराहरू सिकाउनेछन् ।
5तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
6हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो ।
7तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
8तपाईंका सबै पोशाकमा मूर्र, एलवा र तेजपातको सुगन्ध हुन्छ । हस्ती-हाडका दरबारहरूबाट निस्केका तारको बाजाका धुनले तपाईंलाई खुसी बनाएको छ ।