17हे परमेश्वर, तपाईंका विचारहरू मेरो निम्ति कति बहुमूल्य छन् ! तिनका सङ्ख्या कति धेरै छन् !
18तिनलाई मैले गन्न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।
19हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभएको भए असल हुन्थ्यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
20तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
21हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
22म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।
23हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा विचारहरू जान्नुहोस् ।
24मभित्र कुनै दुष्ट चाल छन् कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस् ।